एयर पेस्तोलसहित भारतीय नागरिक पक्राउ
झापा । मेचीनगर नगरपालिका-६ काँकरभिट्टा बसपार्कबाट म्याग्जिन सहितको एयर पेस्तोल १ थान, एयर वुलेट ५ राउण्ड र खुकुरी २ थान सहित भारत वेष्टबंगाल सिलिगुढी घर भएका ३५ वर्षीय जय प्रकाश कुमार पाठकलाई शुक्रबार बेलुकी प्रहरीले पक्राउ गरेको छ।
इलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले डब्लुबि ७० जि ३२३२ नम्बरको कारलाई जाँचको क्रममा कारको सिट मुनी लुकाई छिपाई राखेको उक्त पेस्तोल फेला पारी उनलाई पक्राउ गरेको हो।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment