उदयपुरमा वडाध्यक्ष र वडा सदस्यको निधन
गाईघाट । उदयपुरको रौतामाई गाउँपालिका–२ का वडाअध्यक्ष होमबहादुर दाहाल र ताप्ली गाउँपालिका–३ का वडा सदस्य छविजर्घा मगरको निधन भएको छ।
रौतामाई गाउँपालिकाका उपाध्यक्ष भूपेन्द्र थापा क्षेत्रीका अनुसार वडा २ का वडाअध्यक्ष दाहालको ६८ वर्षको उमेरमा उपचारका क्रममा काठमाडौंको त्रिवि शिक्षण अस्पतालमा आज निधन भएको हो।
यस्तै, ताप्ली गाउँपालिका–३ का वडा सदस्य ३९ वर्षीय छविजर्घा मगरको शनिबार निधन भएको ताप्ली गाउँपालिकाका अध्यक्ष ढुङ्गराज विकले बताए। उनी लामो समयदेखि बिरामी थिए। वडाध्यक्ष दाहाल र वडा सदस्य मगरको निधनको शोकमा आज दुवै पालिकाले आफ्ना सबै सेवा बन्द गरेका थिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment