विराटनगरबाट तीन भारतीय महिला पक्राउ
काठमाडौं । प्रहरीले चोरीमा संलग्न तीन जना भारतीय महिलालाई विराटनगरबाट पक्राउ गरेको छ।
विराटनगर बजार क्षेत्रमा भाडाका सवारी साधनमा सवार असहाय र बृद्धबृद्धाको साथबाट नगद तथा गरगहना चोरीमा संलग्न तीन महिलालाई प्रहरले पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत पुर्णियाकी २४ वर्षीया प्रियङ्का धामी, २५ वर्षीया बिहोला धामी र २० वर्षीया अटकारी धामी रहेका छन्। उनीहरूको साथबाट एक हजार दरका तीन सय नोट अर्थात तीन लाख रुपैयाँ प्रहरीले बरामद गरेको छ।
पक्राउ परेका महिलाहरूले मोरङ कटहरी वडा नम्बर ४ का ७० वर्षका नारायण प्रसाद काफ्लेको रकम चोरी गरेको प्रहरीले जनाएको छ।
सिटी सफारीमा यात्रारत काफ्लेले बोकेको झोलाबाट महिलाहरूले उक्त रकम निकालेको प्रहरीको भनाइ छ। पक्राउ परेका महिलाहरूलाई मोरङ जिल्ला अदालतबाट म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ।
No ads found for this position

डिसी नेपाल
Facebook Comment