सिरहामा १८ प्रतिशत धान रोपाइँ

डिसी नेपाल
१७ असार २०८२ १७:४१
24
Shares

सिरहा । सिरहामा हाल सम्म १८ प्रतिशत धान मात्र रोपाइँ भएको छ। लामो समयदेखि आकसे वर्षा नभएका कारण जिल्लाभर करिव १८ प्रतिशत मात्र धान रोपाइँ भएको हो।

लामो समयदेखि वर्षा नभएका कारण जिल्लाका ८२ प्रतिशत जग्गामा अझै धान रोपाइँ हुन सकेको छैन। लामो समयदेखि वर्षा नभएको तथा खोतमा सिँचाइको सुविधासमेत नभएकाले किसान मर्कामा परेका कृषि ज्ञान केन्द्र सिरहाका कार्यालय प्रमुख नरेन्द्र कुमार महासेठले बताए।

पानी नपरेपछि यो वर्ष ढिलो गरी धानको बेर्ना तयार भएको र पछि पर्याप्त वर्षा पनि नभएका कारण अत्यन्तै कम जग्गामा धान रोपाइँ हुन सकेको केन्द्रका प्रमुख महासेठको भनाइ छ।

असारको १५ गतेसम्ममा धान रोपाइँ सकेर किसान आराम गर्नुपर्नेमा अहिलेसम्म १८ प्रतिशत मात्र धान रोपाइ भएको उनले बताए।

सिरहामा कूल धान खेती योग्य ५४ हजार क्षेत्रफल जग्गा छ। तर, हालसम्म जम्मा ९ हजार सात सय विस हेक्टर जग्गामा मात्र धान रोपाइँ भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *