गिट्टी कुट्दै गरेकी महिलालाई पहिरोले पुर्‍यो

डिसी नेपाल
२० असार २०८२ १५:५६
48
Shares

मुगु । जिल्लाको पश्चिम क्षेत्रमा पर्ने खत्याड गाउँपालिका-५ तारापानी भन्ने स्थानमा सडकको नाला निर्माणमा काम गर्ने एक महिलाको पहिरोले ज्यान गएको छ।

खात्याड गाउँपालिका-५ तारापानीको सडकको नाला निर्माणका लागि गिट्टी कुट्दै गरेकी सोही वडा कोटीला गाउँकी ३७ बर्षिया जानु बुढाको १० मिटर माथिबाट खसेको पहिरोले शुक्रबार बिहान अन्दाजी १०:५० बजे ज्यान गएको खत्याड गाउँपालिका बिपद व्यवस्थापन शाँखा प्रमुख कुल बहादुर शाहीले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय मुगुका अनुसार घट्ना घटेको जानकारी पाउन साथ इलाका प्रहरी कार्यालय रातापानी र माथीचौर प्रहरी चौकीबाट प्रहरी घट्ना स्थल गएका छन्।

खत्याड गाउँपालिकाको आर्थिक र भिष्मराज कन्ट्रक्शन प्रालिले निर्माण जिम्मा पाएको १२ नम्बर ठेक्कामा पहिरोम परी ज्यान गएकी बुढा केही दिन यताबाट नाला बनाउनका लागी चाहिने गिट्टी कुट्ने काम गर्दै आएकी थिइन्।

गिट्टी कुटीरहेकै बेला बिहान १०:५० बजे १० मिटर माथिबाट खसेको पहिरोले बुढाको ज्यान गएका भिष्मराज कन्ट्रकष्नका प्रोपाइटर लोकराज दाहालले जानकारी दिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *