१८ लाखभन्दा बढिको लत्ताकपडा बरामद

डिसी नेपाल
२० असार २०८२ १७:५०
160
Shares

रौतहट । पर्सा सशस्त्र प्रहरीले १८ लाखभन्दा बढिको लत्ताकपडा बरामद गरेको छ। सशस्त्र प्रहरी र वीरगंज भन्सार कार्यालयको संयुक्त टोलीले वीरगंज महानगरपालिका–१ बाट अवैध रुपले भण्डारण गरी राखिएको करीब १८ लाख ५५ हजार ३ सय ५० रुपैयाँ बराबरको लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरेको हो।

छपकैया र नदिया टोलका विभिन्न घरहरूमा लुकाइ राखिएको अवस्थामा लत्ताकपडा तथा जुत्ताचप्पल बरामद गरिएको सशस्त्र प्रहरी नायब उपरीक्षक (डिएसपी) देवेन्द्र बहादुर सिंहले बताए।

तस्कर समूहले भन्सार छल्दै कपडाहरू लुकाएर राखेको विशेष सूचनाको आधारमा छापामारी गरिएको उनको भनाइ छ। भारतबाट तस्करी गरी ल्याइ स्थानीय घरमा लुकाइ राखिएको पाइएकाले बरामद गरिएको उनले प्रष्ट पारे।

बरामद गरिएका सबै कपडाहरू आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साले जनाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *