बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु

डिसी नेपाल
२० असार २०८२ १९:३९
704
Shares

दोधारा चाँदनी (कञ्चनपुर)। भीमदत्त नगरपालिका–८ स्थित तिलाचौडका सुरज सिंहकी डेढ वर्षीया छोरी प्रियाको बाल्टीको पानीमा डुबेर मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी सागर बोहराका अनुसार आज दिउँसो स्नानगृहको बाल्टीको पानीमा डुबेर शिशुको मृत्यु भएको हो।

शिशु डुबेको अवस्थामा फेला परेपछि महाकाली प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो। उनको उपचारका क्रममा मृत्यु भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *