गोरखाका सुनचाँदी व्यवसायी आन्दोलित

डिसी नेपाल
२१ असार २०८२ ११:०३
44
Shares

पोखरा । गोरखा सुनचाँदी व्यवसायी संघले सुनमा, वहुमुल्य हिरा र पत्थरमा लगाइएको कर खारेजीको माग गर्दै आन्दोलन गरेका छन्।

शुक्रबार सुनमा लगाइएको २ प्रतिशत विलासिता कर र वहुमुल्य हिरा पत्थरमा लगाइएको १३ प्रतिशत कर खारेजीको माग गर्दै उनीहरु आन्दोलित भएका हुन्।

संघले सुनको भन्सार ६ प्रतिशत कायम गर, सुनचाँदीको कारोवारको लागि प्रस्ट निति नियमावली निर्माण गर, विलाशिता कर खारेज गर जस्ता माग राखेर आन्दोलन गरेका छन्।

सरकारले आगामी आर्थिक वर्षको बजेटमार्फत सबै मूल्यका सुन तथा गहनामा २ प्रतिशत विलासिता कर लागू गरेपछि व्यवसायीहरू आन्दोलित भएका हुन्।

अघिल्लो व्यवस्था अनुसार १० लाख रुपैयाँभन्दा माथिका गहनामा मात्र विलासिता कर लाग्ने गथ्र्यो, तर नयाँ बजेटले त्यो सीमा हटाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *