दलाइ लामाले भने -‘अझै ४० वर्ष बाँच्छु’
काठमाडौं । तिब्बती आध्यात्मिक नेता दलाई लामाले आफू अझै ४० वर्ष अर्थात् १३० वर्षको उमेरसम्म बाँच्ने आशा व्यक्त गरेका छन्।
लामाले अहिलेसम्म धेरै कडा परिश्रम गरेको बताए। उनका अनुसार भगवानको आशीर्वादले उनी अझै ३०-४० वर्ष बाँच्ने र बौद्ध धर्म र जीवित प्राणीहरूको सेवा गरिरहने आशा राख्छन्।
लामाले आफ्नो मृत्युपछि पुनर्जन्म लिने इच्छा व्यक्त गरेको केही दिनपछि यो कुरा भनेका थिए। यो भनाइपछि उनको उत्तराधिकारीको बारेमा लामो समयदेखि चलिरहेको अनुमानको पनि अन्त्य भएको छ।
दलाई लामाले धर्मशालामा आयोजित एक दीर्घायु प्रार्थना सभामा यो कुरा भनेका थिए, जहाँ हजारौं अनुयायीहरू उनलाई सुन्न आएका थिए। दलाई लामाले यसअघि डिसेम्बरमा रोयटर्सलाई दिएको अन्तर्वार्तामा आफू ११० वर्षसम्म बाँच्न सक्ने बताएका थिए।
No ads found for this position


डिसी नेपाल
Facebook Comment