ट्रम्पले भने- इरान अझै आणविक कार्यक्रम रोक्न तयार छैन
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानले आफ्नो आणविक कार्यक्रममा सम्झौता गर्न वा युरेनियम समृद्धि रोक्न सहमत नभएको बताएका छन्।
ट्रम्पले भने, “मलाई लाग्छ इरानको आणविक कार्यक्रम अहिलेको लागि रोकिएको छ तर उसले यसलाई अन्यत्रबाट पुनः सुरु गर्न सक्छ। यदि त्यसो भयो भने यो ठूलो समस्या हुनेछ।”
ट्रम्पले इरान मुद्दामा छलफल गर्न ह्वाइट हाउसमा इजरायली प्रधानमन्त्री नेतान्याहूलाई भेट्ने बताए। उनले स्पष्ट रूपमा भने – उनी इरानलाई आफ्नो आणविक कार्यक्रम पुनः सुरु गर्न दिने छैनन्। अमेरिकी राष्ट्रपतिले दाबी गरे – इरानी अधिकारीहरू उनीसँग कुरा गर्न चाहन्छन्।
अमेरिकी गुप्तचर निकाय र आइएइएका प्रमुख राफेल ग्रोसीले पनि इरानले वास्तवमा आणविक बम बनाउने प्रयास गरिरहेको छ भन्ने कुरा प्रमाणित गर्ने कुनै प्रमाण आफूसँग नभएको बताएका छन्।
No ads found for this position


डिसी नेपाल
Facebook Comment