वर्षाका कारण भवन भत्किँदा १७ जनाको मृत्यु
काठमाडौं । पाकिस्तानको कराँची शहरमा शुक्रबार राति पाँच तले भवन भत्किँदा १७ जनाको मृत्यु भएको छ। उक्त भवन ली मार्केटको फिदा हुसेन शेखा रोडमा अवस्थित थियो। अधिकारीहरूले पहिले नै भवनलाई कमजोर र बस्न अयोग्य घोषित गरेका थिए, तर हालैको वर्षाले यसको अवस्था झनै खराब बनाएको छ।
दक्षिणका उपमहानिरीक्षक (डीआईजी) सैयद असद रजाले वर्षाले भवनको संरचनालाई अझ कमजोर बनाएको बताए। दुर्घटनामा नौ जना घाइते भएका छन्, जसमध्ये छ जनालाई उपचारपछि डिस्चार्ज गरिएको छ र एक जनाको अवस्था गम्भीर रहेको पाकिस्तानी अखबार डनले रिपोर्ट गरेको छ।
डीआईजी रजाले भवन भत्किएको बगदादी, लियारी क्षेत्रमा उद्धार कार्य अझै जारी रहेको बताए। सुरक्षा मापदण्ड पालना नगरिएको र कम गुणस्तरको निर्माण सामग्री प्रयोग गरिएको हुनाले कराँचीमा भवन र छाना भत्किनु सामान्य कुरा हो। कराँचीमा २ करोडभन्दा बढी जनसंख्या छ।







डिसी नेपाल







Facebook Comment