काठमाडौं उपत्यकामा वर्षा, सतर्कता अपनाउन आग्रह

डिसी नेपाल
२२ असार २०८२ २२:४३

काठमाडौं । काठमाडौं उपत्यका आसपास जिल्लामा शुक्रबार राति पानी परिरहेको छ।

पानी परेसँगै काठमाडौंस्थित विष्णुमती र धोबी खोलामा जलसतह बढ्दो क्रममा रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

काठमाडौंस्थित विष्णुमती नदी गोंगबु र धोबी खोला जलमापन केन्द्रमा हालको जलसतह बढ्दो क्रममा रहेकाले सतर्कता अपनाउन विभागले आइतबार राति जारी गरेको सूचनामा उल्लेख छ।

विभागले सतर्कता तह आसपास रहेकोले नदी तटीय क्षेत्र आसपास बसोबास गर्ने र नदी किनार भइ यात्रा गर्नेलाई सतर्कता अपनाउन आग्रह गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *