घरपालुवा सिंह सडकमा दौडिएर मान्छेहरूलाई आक्रमण गरेपछि मालिक पक्राउ
काठमाडौं । पाकिस्तानमा एउटा घरपालुवा सिंहले एक महिला र उनका तीन बच्चाहरूलाई आक्रमण गरी घाइते बनाएको छ। यस घटनामा प्रहरीले सिंहको मालिकलाई पक्राउ गरेको छ।
लाहोर शहरको सीसीटीभी फुटेजमा सिंह कंक्रिटको पर्खाल नाघेर महिलालाई खेदिरहेको स्पष्ट देखिन्छ भने अरूहरू डराएर भागिरहेका छन्।
प्रहरी अधिकारीहरूले भने कि महिला र उनका पाँच र सात वर्षका बच्चाहरूको हात र अनुहारमा गम्भीर चोट लागेको छ।
लाहोर प्रहरीले सिंहको मालिकविरुद्ध लाइसेन्स बिना जंगली जनावर पालेको र लापरवाही गरेको आरोपमा मुद्दा दायर गरेको छ। प्रहरीले सिंहलाई समातेर वन्यजन्तु पार्कमा पठाएको छ।
पाकिस्तानमा सिंह, चितुवा, बाघ, पुमा र जगुआर लाइसेन्स लिएर पाल्न सकिन्छ। यसका लागि प्रति जनावर ५० हजार रुपैयाँ मात्र शुल्क तिर्नुपर्छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment