गाउँपालिकाको एम्बुलेन्स दुर्घटना, चालक घाइते
अदानचुली (हुम्ला)। कर्णाली करिडोरको भिडगौडमा एम्बुलेन्स दुर्घटना भएको छ।
एम्बुलेन्समा रहेका चार जना सहजै उत्रे पनि चालक भने दुर्घटनामा घाइते भएका प्रहरीले जनाएको छ। चालकले उकालो कटाउन नसक्दा एम्बुलेन्स अनियन्त्रित भई करिब ५० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख, प्रहरी नायब निरीक्षक शंकर पोखरेलले जानकारी दिए।
हुम्लाको खार्पुनाथ गाउँपालिकाको बा२झ ४५८० नं को एम्बुलेन्स गाउँपालिका आउँदै गर्दा दुर्घटनामा परेको हो। एम्बुलेन्स चालक अन्दाजी ३६ वर्षीय जंग शाही घाइते भएको र हाल जिल्ला अस्पतालको सघन कक्षमा उपचार भइरहेको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment