इजरायली प्रधानमन्त्री नेतान्याहूले डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनित गरे

डिसी नेपाल
२४ असार २०८२ १४:०७
68
Shares

काठमाडौं । इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई नोबेल शान्ति पुरस्कारका लागि मनोनयन गरेका छन्।

वासिङ्टन डीसीमा राष्ट्रपति ट्रम्पसँगको भेटमा इजरायली प्रधानमन्त्री नेतान्याहूले नोबेल शान्ति पुरस्कारका लागि राष्ट्रपति ट्रम्पलाई मनोनयन गरेको बताए।

“हामी बोल्दै गर्दा उहाँले एकपछि अर्को देशमा एकपछि अर्को क्षेत्रमा शान्ति निर्माण गर्दै हुनुहुन्छ,” नेतान्याहूले बैठकमा पुरस्कार समितिलाई सम्बोधन गरिएको पत्र ट्रम्पलाई हस्तान्तरण गर्दै भने।

यसअघि, राष्ट्रपति ट्रम्पले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूलाई वाशिंगटन डीसीमा स्वागत गर्दै गाजामा युद्ध अन्त्य गर्न “धेरै राम्रो वार्ता भइरहेको” विश्वास व्यक्त गरे।

ह्वाइट हाउसमा पत्रकारहरूसँग कुरा गर्दै ट्रम्पले २१ महिना लामो द्वन्द्व अन्त्य गर्न हमास तयार रहेको बताए। “उनीहरू भेट्न चाहन्छन् र युद्धविराम चाहन्छन्,” उनले भने।

कतारमा इजरायल र हमासबीच भएको अप्रत्यक्ष युद्धविराम सम्बन्धी वार्ता अनिर्णीत रहेपछि यो बैठक भएको हो। यद्यपि, यी वार्ताहरू यस हप्ता पनि जारी रहने अपेक्षा गरिएको छ।

सोमबार, जब ट्रम्पलाई एक पत्रकारले गाजामा शान्ति सम्झौता नहुनुको कारण के हो भनेर सोधे, उनले भने, “मलाई लाग्दैन कि यसमा कुनै बाधा छ, सबै कुरा धेरै राम्रो भइरहेको छ।”

नेतान्याहूले “प्यालेस्टिनीहरूको लागि राम्रो भविष्य प्रदान गर्ने” देशहरू खोज्न अमेरिकासँग काम गरिरहेको बताए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *