रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ कामदारको उद्दार

डिसी नेपाल
२४ असार २०८२ १४:३७
44
Shares

काठमाडौं। नेपाल-चीन सीमास्थित रसुवाको लेन्डेखोलामा आएको बाढीका कारण रसुवा जलविद्युत् आयोजनामा फसेका कामदारहरुको उद्दार गरिएको छ।

नेपाली सेनाको उद्धार टोलीले रसुवागढी जलविद्युत आयोजनामा फसेका २३ जना कामदारहरुलाई हेलिकोप्टरमार्फत उद्दार गरिएको हो।

नेपाली सेनाले हेलिकप्टरमार्फत २३ कामदारलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको उद्धारको कार्य निरन्तर जारी रहेको जनाएको छ।

रसुवागढीमा दुई देश जोड्ने मितेरी पुल बगाएको बगाउँदा व्यापारिक सम्बन्ध विच्छेद भएको छ। पछिल्लो जानकारी अनुसार चिनियाँ नागरिकसहित कम्तीमा १८ जना बेपत्ता छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *