स्रोत नखुलेको डेढ करोडसहित चिनियाँ नागरिक नियन्त्रणमा

डिसी नेपाल
२४ असार २०८२ १७:५२
76
Shares

काठमाडौं। काठमाडौं महानगरपालिका-६ बौद्धबाट स्रोत नखुलेको करिब डेढ करोडसहित चिनियाँ नागरिक पक्राउ परेका छन्।

बौद्ध नयाँ बस्तीस्थित एक घरमा कोठा भाडामा लिई बस्ने ४० वर्षीय चिनियाँ नागरिक वाङ जियानलाई रु एक करोड ४४ लाखसहित नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंले जनाएको छ।

रकमसहित पक्राउ परेको उनलाई प्रहरीले आज सार्वजनिक गरेको छ। स्रोत नखुलेको नेपाली रकमको आर्थिक कारोबार भइरहेको भन्ने सूचनाको आधारमा उनको डेरा खानतलासी गर्दा उक्त रकम फेला परेको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *