पहिराले कालीगण्डकी करिडोर अवरुद्ध
बागलुङ। पहिरोका कालीगण्डकी करिडोर अवरुद्ध भएको छ। मंगलबार साँझदेखि परेको भारी वर्षाका कारण पहिरो खस्दा करिडोर पूर्ण रूपमा अवरुद्ध भएको हो।
जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी वसन्त पाण्डेका अनुसार करिडोरको बागलुङ नगरपालिका-१० दब्ल्याङमा पहिरो खस्दा बाटो अवरुद्ध भएको हो।
वर्षा नरोकिएकाले तत्काल सडक खुलाउन नसकिने बताउँदै उनले पानी रोकिएपछि पहिरो पन्छाइने जानकारी दिए। केही स्थानमा सडक भासिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment