गुजरातको महिसागर नदीमाथिको पुल भत्किँदा चारवटा सवारी साधन खसे

डिसी नेपाल
२५ असार २०८२ १२:३७
84
Shares

काठमाडौं । गुजरातको वडोदरा जिल्लामा रहेको माही नदीमाथिको गम्भीरा पुल बुधबार भत्किएको छ। यो पुलले मध्य गुजरातलाई सौराष्ट्रसँग जोड्छ र बडोदरालाई आनन्दसँग जोड्ने मार्गमा अवस्थित थियो।

बीबीसी गुजरातीका अनुसार पुल भत्किँदा चारवटा सवारी साधन नदीमा खसेका थिए। घटनाको खबर पाउने बित्तिकै स्थानीय प्रशासनले राहत र उद्धार कार्य सुरु गरेको छ। अहिलेसम्म तीन जनालाई सकुशल उद्धार गरिएको छ, तर कुनै हताहत भएको आधिकारिक पुष्टि भएको छैन।

घटनास्थलका तस्बिरहरूमा पुलको भाँचिएको रेलिङमा एउटा ट्रक अड्किएको देखिन्छ भने केही अन्य सवारी साधनहरू नदीमा खसेको देख्न सकिन्छ।

त्यहाँ उपलब्ध भिडियो फुटेजमा स्वास्थ्यकर्मीहरूले नदीबाट पीडितहरूलाई निकालेर एम्बुलेन्समा लैजाँदै गरेको देखिन्छ। पुलमा प्रहरी बलको उपस्थिति पनि देखिएको छ।

यो पुल आनन्द जिल्लाको गम्भीरालाई बडोदराको पाड्रा र भरुचसँग जोड्ने सडकमा अवस्थित थियो। प्रशासनिक स्तरमा अनुसन्धान सुरु गरिएको छ।

सडक तथा भवन विभागका सचिव पीआर पटेलियाले भने, “महिसागर नदीमा बिहान भएको घटनाको बारेमा जानकारी आएको छ। त्यसमा एउटा स्प्यानमा क्षति पुगेको छ। भर्खरै दुर्घटना भएको छ, हामी यसको प्रतिवेदन लिइरहेका छौं। हामीले विज्ञहरूको टोली पठाएका छौं।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *