विषालु च्याउ खाँदा तीन जना बिरामी
काठमाडौं । जाजरकोटमा विषालु च्याउ खाँदा एउटै घरका तीन बालबालिका बिरामी परेका छन्।
बुधबार बिहान सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाँदा नलगाड नगरपालिका-४ पिपलचैरका मगबहादुर सिंहका छोराछोरी बिरामी परेका हुन्।
बिरामी पर्नेमा मगबहादुरकी १२ वर्षीया छोरी कौशिला सिंह, ६ वर्षीय छोरा झलक सिंह र ३ वर्षीया छोरी दीपा सिंह रहेका छन्।
सालघारी जंगलबाट टिपेर ल्याएको विषालु च्याउ खाएका कारण उनीहरू बिरामी परेको बताइएको छ। बर्खाको समयमा च्याउ नखाना चिकित्सकले सुझाव दिएका छन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment