युक्रेनी ड्रोन आक्रमणपछि धेरै रुसी विमानस्थलहरू अस्थायी रूपमा बन्द

डिसी नेपाल
५ साउन २०८२ १२:४९
212
Shares

काठमाडौं । रुसमा युक्रेनी ड्रोन आक्रमणका कारण मस्कोका प्रमुख विमानस्थलहरू अस्थायी रूपमा बन्द गरिएका छन्।

विमानस्थलहरू बन्द हुँदा कम्तीमा १४० उडानहरू रद्द गरिएका छन्। स्थानीय अधिकारीहरूले यो जानकारी दिएका छन्।

रुसी रक्षा मन्त्रालयका अनुसार शनिबार बिहानदेखि रुसमाथि २३० भन्दा बढी युक्रेनी ड्रोनहरू खसालिएका छन्, जसमध्ये २७ वटा राजधानी मस्कोमाथि खसालिएका छन्।

रुसको उड्डयन अनुगमन एजेन्सीका अनुसार मस्कोका चार प्रमुख विमानस्थलहरूमा काम रोकिएको छ र १३० भन्दा बढी उडानहरू डाइभर्ट गरिएको छ।

यसैबीच, स्थानीय अधिकारीहरूका अनुसार युक्रेनमा राति गरिएको रुसी हवाई आक्रमणमा कम्तिमा तीन जनाको मृत्यु भएको छ।

रूसी टुर अपरेटर एसोसिएसनले आइतबार भनेको छ कि आक्रमणका कारण २४ घण्टामा मस्को विमानस्थलहरू १० पटक बन्द गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *