मदन पुरस्कारका लागि सात पुस्तकको सूची सार्वजनिक

डिसी नेपाल
६ साउन २०८२ २१:०५
8
Shares

काठमाडौं। मदन पुरस्कार गुठीले विसं २०८१ को मदन पुरस्कारका लागि छनोट भएका श्रेष्ठ पुस्तकहरूको सूची आज सार्वजनिक गरेको छ।

गुठीले आज एक विज्ञप्ति जारी गरी पुरस्कारका लागि २९९ पुस्तक प्राप्त भएकामा त्यसमध्यबाट सात पुस्तकको सूची सार्वजनिक गरेको हो।

सूचीमा परेका पुस्तकहरुमा छुदेन काविमोको ‘उरमाल’, रमेश भुसालको ‘छालबाटो : कैलाशदेखि गङ्गासम्म’, कुमारी लामाको ‘दर्ज्यु संलाप’, मनप्रसाद सुब्बाको ‘पञ्चतत्वको पालाम’, श्रेयज सुवेदीको ‘बहुरुपी’, सुधीर शर्माको ‘भिक्षु, व्यापार र विद्रोह (नेपालको भोट–चीन सम्बन्ध र भारत)’ र तीर्थ गुरुङको ‘हिउँको गीत’ परेका छन्।

गुठीका अध्यक्ष कुन्द दीक्षितले ती सात कृतिमध्ये छानिएको एक कृतिलाई २०८१ सालको मदन पुरस्कार प्रदान गरिने जानकारी गराएका छन्। उक्त पुरस्कारको राशि रु चार लाख रहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *