एयर इण्डियाका विमानको इन्धन नियन्त्रण स्विचमा खराबी भेटिएन

डिसी नेपाल
७ साउन २०८२ १३:३७
236
Shares

काठमाडौं । एयर इन्डियाले आफ्नो फ्लीटमा रहेका सबै बोइङ ७८७ र ७३७ विमानहरूमा इन्धन नियन्त्रण स्विच (एफसीएस) को लकिङ प्रणालीको निरीक्षण पूरा गरेको छ।

अहमदाबाद विमान दुर्घटनापछि नागरिक उड्डयन महानिर्देशनालय (डीजीसीए) ले जुलाई १४, २०२५ मा सबै एयरलाइन्सहरूलाई उनीहरूको बोइङ ७८७ र ७३७ विमानको इन्धन नियन्त्रण स्विचहरूको निरीक्षण गर्न निर्देशन दिएको थियो।

एयर इन्डियाले आफ्नो विज्ञप्तिमा भनेको छ – इन्धन नियन्त्रण स्विचको लकिङ प्रणालीमा कुनै समस्या भेटिएको छैन।

एयर इन्डियाले जुलाई १२ मा नै इन्धन नियन्त्रण स्विचको लकिङ प्रणालीको निरीक्षण सुरु गरेको थियो। एयर इन्डियाले आफ्नो प्रतिवेदन डीजीसीएलाई बुझाएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *