भिरबाट लडेर एक किशोरीको मृत्यु
बैतडी । बैतडीको पुर्चाैडी नगरपालिकामा भिरबाट लडेर एक किशोरीको मृत्यु भएको छ।
जिल्लाको पुर्चौंडी नगरपालिका–५ दहतोली, परगैरा घर भएकी १७ वर्षीया रश्मि बोहराको बुधवार भिरबाट लडेर मृत्यु भएको हो।
घर नजिकैको गलेखी भीरमा बाख्रा चराउन गएकी बोहराको लडेर मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ। भिरबाट झण्डै ५० मिटर तल खसेकी उनको घटनास्थलमै मृत्यु भएको हो।
बोहरा भूमिराज मावि गहताडमा कक्षा १० मा अध्ययनरत थिइन्।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment