प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने फ्रान्सको निर्णयप्रति अमेरिकाको तिखो प्रतिक्रिया

डिसी नेपाल
९ साउन २०८२ १३:०५
140
Shares

काठमाडौं । अमेरिकाले फ्रान्सेली राष्ट्रपति इमानुएल म्याक्रोँको प्यालेस्टाइनलाई राष्ट्रको दर्जा दिने निर्णयलाई ‘कडा रूपमा अस्वीकार’ गरेको छ। अमेरिकाले म्याक्रोँको यो निर्णयले ‘हमासको प्रचारलाई मात्र बढावा दिने’ दाबी गरेको छ।

अमेरिकी विदेशमन्त्री मार्को रुबियोले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे , “संयुक्त राष्ट्र संघको महासभामा प्यालेस्टाइनलाई राष्ट्रको रूपमा मान्यता दिने इमानुएल म्याक्रोनको योजनालाई संयुक्त राज्य अमेरिकाले कडा शब्दमा अस्वीकार गर्दछ।”

उनले लेखे, “यो गैरजिम्मेवार निर्णयले हमासको प्रचारलाई मात्र बढावा दिन्छ र अशान्ति बढाउनेछ। यो अक्टोबर ७ को आक्रमणका पीडितहरूको गालामा थप्पड जस्तै हो।”

राष्ट्रपति इमानुएल म्याक्रोंले बिहीबार भने – उनको देशले यस वर्ष सेप्टेम्बरमा प्यालेस्टाइनलाई आधिकारिक रूपमा मान्यता दिनेछ।

राष्ट्रपति म्याक्रोंले सामाजिक सञ्जाल प्लेटफर्म एक्समा लेखे – यसको औपचारिक घोषणा न्यूयोर्कमा हुने संयुक्त राष्ट्र संघको महासभाको सत्रमा गरिनेछ।

प्यालेस्टिनी अधिकारीहरूले म्याक्रोनको निर्णयको स्वागत गरे, तर इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूले यो कदमको आलोचना गर्दै भने कि यो “आतंकवादलाई पुरस्कृत गर्नु बराबर हो।”


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *