थाइल्याण्ड र कम्बोडिया युद्बिरामका लागि वार्ता गर्न तयार

डिसी नेपाल
११ साउन २०८२ ११:०३
76
Shares

काठमाडौं । कम्बोडियाले थाइल्याण्डसँग युद्धविरामको लागि अमेरिकी राष्ट्रपति ट्रम्पको प्रस्तावको स्वागत गरेको छ।

कम्बोडियाली प्रधानमन्त्री हुन मानेले आफ्ना विदेशमन्त्रीले यस विषयमा अमेरिकी विदेशमन्त्री मार्को रुबियोसँग कुरा गर्ने बताए।

यसैबीच, थाइल्याण्डले युद्धविराममा विचार गर्न तयार रहेको तर पहिले वार्ता हुनुपर्ने बताएको छ ।

यसअघि अमेरिकी राष्ट्रपति ट्रम्पले सामाजिक सञ्जालमा एक पोस्टमा दुवै देश (कम्बोडिया र थाइल्याण्ड) का नेताहरूसँग कुराकानी गरेको र दुवै देश ‘युद्धविराम’ मा सहमत भएको बताएका थिए।

दुवै देशले ट्रम्पको यो प्रयासको लागि धन्यवाद दिएका छन्। यद्यपि, ट्रम्पको पोस्ट पछि पनि रातभरि दुई देशको सीमामा गोलीबारी जारी रह्यो।

कम्बोडिया र थाइल्याण्डबीच लामो समयदेखि चलिरहेको सीमा विवाद यस हप्ता द्वन्द्वमा परिणत भयो। तीन दिनको द्वन्द्वमा दुवै देशका ३० भन्दा बढी व्यक्तिको मृत्यु भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *