सातदोबाटोको सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण प्रारम्भ

डिसी नेपाल
१२ साउन २०८२ १२:३१
80
Shares

ललितपुर। ललितपुर महानगरपालिकाको सातदोबाटो स्थित सप्तेश्वर महादेव मन्दिरमा शिव महापुराण सुरु भएको छ।

साउनको दोस्रो सोमबारको अवसरमा कलश यात्रासँगै शिव महापुराणको सुरुवात गरिएको पण्डित बिजय सिंहले जानकारी दिए।

उनले साउनको महिना शिवको महिना भएको भन्दै यहाँ वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी धार्मिक कर्महरु गरिने बताए।

उनले भने, ‘आज कलश यात्रासँगै कथा वाचनको प्रारम्भ पनि हुनेछ। श्रावणको महिना मासहरुको मास उत्तम मास श्रावण मासमा शिवजीको अत्यन्तै महत्व छ। श्रावण महिनामा १२ गतेबाट २१ गतेसम्म शिव महापुराण आयोजना गर्दैछौ। हामीले वेलपत्र अर्पण गर्ने, तुलादान गर्ने, हवन आदी कर्महरु गर्ने इत्यादी धार्मिक कर्महरु गछौं। हाम्रा कलाकारहरुबाट भजन प्रस्तुत गर्नेछौ।’

यो शिव महापुराण साउन १२ गतेबाट २१ गतेसम्म चल्नेछ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *