घर पुर्याउन गएको स्कुल बसले किचेर बालिकाको मृत्यु
बरहथवा (सर्लाही)। यहाँको ब्रह्मपुरीमा स्कुल बसले किचेर आज एक बालिकाको मृत्यु भएको छ।
ब्रह्मपुरी गाउँपालिका–७, मोहनगञ्जमा म प्र ०३–००१ क २५४२ नं को स्कुल बसले किचेर सोही स्थानका रमेश महतोकी पाँच वर्षीया छोरी आशिका महतोको मृत्यु भएको हो। ईश्वरपुर नगरपालिका–१, चौलिखामा रहेको टेमुको एकेडेमीमा अध्ययनरत छात्रा महतोलाई घर पुर्याउन गएको स्कुल बसले ओर्लने क्रममा किचेको प्रहरीले जनाएको छ।
घाइते बालिकाकालाई तत्काल जीवन नारायण अस्पताल बयलबास पु¥याए पनि चिकित्सकले मृत घोषणा गरेका जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक सरोज राईले जानकारी दिए।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment