नारायणगढ-मुग्लिन सडकमा ट्यांकरको ठक्करबाट एक जनाको मृत्यु, एक घाइते

डिसी नेपाल
१२ साउन २०८२ २१:५५
44
Shares

भरतपुर। नारायणगढ-मुग्लिन सडकखण्डमा तेल बाकेको ट्यांकरले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ। घटनामा एक जना घाइते भएका छन्।

आज अपराह्न भरतपुर महानगरपालिका-२९ चौधकिलोमा नारायणगढबाट मुग्लिङतर्फ जाँदै गरेको प्रदेश २-०३-००१ ख १३६६ नं को तेल ट्यांकरले विपरीत दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०३-००२ प ३८२९ नं को मोटरसाइकललाई ठक्कर दिएको हो।

दुर्घटनामा घाइते मोटरसाइकलमा सवार भरतपुर महानगरपालिका–११ बस्ने ३३ वर्षीय सागर कुमालको भरतपुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

घाइते भरतपुर–१४ का ४७ वर्षीय कविराज विश्वकर्माको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *