मिडिया काउन्सिल विधेयक पूर्णरुपमा संशोधन गर्नुपर्ने

डिसी नेपाल
१३ साउन २०८२ १७:११

काठमाडौं । मिडिया काउन्सिल विधेयक पूर्णरुपमा संशोधन गर्नुपर्ने सञ्चारकर्मीले बताएका छन्।

मंगलबार प्रतिनिधिसभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विधेयकमाथि छलफल गर्दै सञ्चारकर्मीहरुले मिडिया काउन्सिल विधेयकको कार्यपालिकाले चरित्र र उद्देश्य बुझ्न नसकेको भन्दै यसलाई पूर्ण संशोधन गर्नुपर्ने बताएका हुन्।

कान्तिपुर टेलिभिजनका सम्पादक विजय पौडेलले भने, ‘मिडिया काउन्सिल भनेको अर्धन्यायिक निकाय हो। कार्यपालिकाले यसको अर्धन्यायिक निकाय भनेको के हो यसको चरित्र पनि बुझेन, उद्देश्य पनि बुझेन।’

उनले थप भने, ‘स्वायत भनिसकेको छ। देशको समग्र मिडियालाई अनुगमन गर्ने, वर्गीकरण गर्ने जस्ता काम गरिरहँदा यसको मर्म र भावना के हुनुपर्छ भन्ने कुरामा विचलित भएको जस्तो लागेको छ।’

यसैगरी सञ्चारकर्मी सविन धमलाले विधेयक परिमार्जन गर्नसके स्पष्ट र राम्रो बन्ने बताए। छलफलमा सांसद तोषिमा कार्की, सुमना श्रेष्ठ, सञ्चारकर्मी हरिबहादुर थापा, राजेन्द्र बानिया, गोरखापत्रका महाप्रवन्धक लालबहादुर ऐरीलगायतले आफ्नो धारणा राखेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *