मधेस प्रदेशका पूर्वप्रमुख अहिराजविरुद्ध मुद्दा दर्ता
जनकपुर । मधेस प्रदेशका पूर्वप्रमुख राजेश झा (अहिराज) विरूद्ध काठमाडौं जिल्ला अदालतमा बलात्कार मुद्दा दर्ता भएको छ।
उनीमाथी घरमा एक्लै भएको समयमा बोलाएर नाम गोप्य राखिएको एक युवतीको जबरजस्ती पटक–पटक बलात्कार गरेको आरोप छ। अहिराजविरुद्ध गत माघ ३ मा प्रहरी परिसर काठमाडौंमा जाहेरी दर्ता भएको थियो। पूर्वप्रमुख झा साउन ४ गते पक्राउ परेका थिए।
उनीविरुद्ध मुलुकी फौजदारी अपराध संहिता २०७४ दफा २१९ को उपदफा २ को कसुर गरेको भन्दै खण्ड (ङ) बमोजिम ७ वर्षदेखि १० वर्षसम्मको सजाय माग दाबी गरिएको छ।
साथै दफा २१९ कै उपदफा (३ क) को खण्ड ग बमोजिम प्रतिवादी अहिराजसँग ३ लाख रुपैयाँ जरिवानाको माग दाबी गरिएको छ।
No ads found for this position
प्रतिक्रिया

डिसी नेपाल
Facebook Comment