प्यालेस्टाइनलाई स्वतन्त्र राज्यको मान्यता दिँदै क्यानडा

डिसी नेपाल
१५ साउन २०८२ ७:३९
228
Shares

काठमाडौं। प्रधानमन्त्री मार्क कर्नीले क्यानडाले सेप्टेम्बरमा प्यालेस्टाइन राज्यलाई मान्यता दिने योजना बनाएको बताएका छन्। हालैका दिनहरूमा यस्तो घोषणा गर्नेमा क्यानडा तेस्रो जी-७ राष्ट्र बनेको छ।

कर्नीले यो कदम प्यालेस्टाइन प्राधिकरणले अर्को वर्ष हमास बिना निर्वाचन गर्नेलगायत प्रजातान्त्रिक सुधारहरूमा निर्भर रहेको बताएका छन्।

इजरायलको विदेश मन्त्रालयले क्यानडाको घोषणालाई अस्वीकार गर्दै यसलाई हमासलाई पुरस्कार दिएजस्तो भएको बताएको छ।

अहिलेसम्म संयुक्त राष्ट्रसंघका १९३ सदस्य राष्ट्रहरूमध्ये १४७ देशले औपचारिक रूपमा प्यालेस्टाइन राज्यलाई मान्यता दिएका छन्।

कर्नीले क्यानडाले आगामी संयुक्त राष्ट्रसंघको महासभामा प्यालेस्टाइन राज्यलाई औपचारिक रूपमा मान्यता दिने बताएका छन्।

क्यानडा लामो समयदेखि वार्ताबाट शान्ति प्रक्रियाको हिस्साको रूपमा दुई–राज्य समाधानप्रति प्रतिबद्ध रहेको कार्नीले बताएका छन्। क्यानडाका कन्जरभेटिभहरूले भने कर्नीको घोषणाको आलोचना गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *