हमास स्वास्थ्य मन्त्रालयले भन्यो- ‘गत २४ घण्टामा गाजामा १०४ जनाको मृत्यु’

डिसी नेपाल
१५ साउन २०८२ ११:४६
44
Shares

काठमाडौं । हमासको स्वास्थ्य मन्त्रालयले गाजामा विगत २४ घण्टामा कम्तिमा १०४ जनाको मृत्यु भएको र ३९९ जना घाइते भएको जनाएको छ ।

मन्त्रालयले बुधबार भनेको छ – इजरायली आक्रमणमा हालसम्म मारिनेको कुल संख्या कम्तिमा ६०,१३८ पुगेको छ र यी आक्रमणहरूमा लगभग १ लाख ४६ हजार मानिस घाइते भएका छन्।

मन्त्रालयले भनेको छ, “इजरायली आक्रमणमा मारिएका धेरै मानिसहरूको शव भग्नावशेषमा गाडिएको छ र धेरै घाइतेहरू सडकमा लडिरहेका छन्। एम्बुलेन्स र नागरिक सुरक्षा टोलीहरू यी घाइतेहरूसम्म पुग्न सकिरहेका छैनन्।”

मन्त्रालयले कुपोषणका कारण थप सात जनाको मृत्यु भएको पनि बताएको छ। योसँगै खाद्यान्न अभावका कारण मृत्यु हुनेको संख्या १५४ पुगेको छ। यसमा ८९ बालबालिका समावेश छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *