पाकिस्तानले गर्‍यो भू-उपग्रह प्रक्षेपण

डिसी नेपाल
१५ साउन २०८२ १४:४१
128
Shares

काठमाडौं । पाकिस्तानले चीनको सिचाङ स्याटेलाइट प्रक्षेपण केन्द्रबाट आफ्नो रिमोट सेन्सिङ स्याटेलाइट प्रक्षेपण गरेको छ। पाकिस्तानको विदेश मन्त्रालयले जारी गरेको विज्ञप्तिमा यो जानकारी दिइएको छ।

“उपग्रहले उच्च गुणस्तरका तस्बिरहरू पठाउनेछ जसले पाकिस्तानलाई शहरहरूको योजना बनाउन, सडक र भवनहरू विकास गर्न, प्राकृतिक प्रकोपहरूको सामना गर्न, कृषिको अनुगमन गर्न, जलवायु परिवर्तन बुझ्न, आदिमा राम्रो प्रयोग गर्न मद्दत गर्नेछ,” विज्ञप्तिमा भनिएको छ ।

विज्ञप्ति अनुसार यो उपग्रह पाकिस्तानको अन्तरिक्ष एजेन्सी सुपरकोले चिनियाँ कम्पनीहरू सीईटीसी र माइक्रोस्याटसँगको सहकार्यमा विकास गरेको हो। विज्ञप्तिमा थप भनिएको छ – यसको उद्देश्य देशको विकासलाई अगाडि बढाउनु र जनताको जीवनस्तर सुधार गर्नु हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *