करेन्ट लागेर एक बालकको मृत्यु

डिसी नेपाल
१७ साउन २०८२ १७:३३
132
Shares

बैतडी। करेन्ट लागेर आज यहाँ एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा डिलाशैनी गाउँपालिका-३ गिरीबगर निवासी केशव कोलीका १३ वर्षीय छोरा किरण कोली रहेको प्रहरीले जनाएको छ।

आज दिउँसो स्थानीय डिन्नीगाड खोलामा बालुवा संकलन गर्न गएका किरणले नजिकै रहेको विद्युत् पोलमा छुन पुगेपछि करेन्ट लागेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी निरीक्षक बलराम पाण्डेयले जानकारी दिए।

उनलाई उपचारका लागि गोकुलेश्वर अस्पताल पुर्याउदा चिकित्सकले मृत घोषणा गरेका थिए।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *