अवकाश लिनुअघि वरिष्ठ क्याप्टेन शेरचनले भरे अन्तिम उडान

डिसी नेपाल
२० साउन २०८२ १२:३८
352
Shares

काठमााडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ क्याप्टेन रविन्द्र शेरचन सेवाबाट अवकाश हुँदैछन्।

सन् १९८८ देखि पाइलट सेवामा प्रवेश गरेका शेरचन आफ्नो कार्यकाल पुरागरि बिहीबारदेखि अवकास हुन लागेका हुन्। निगममा निरन्तर ३७ वर्ष योगदान दिएका शेरचनले मंगलबार मलेसियादेखि काठमाडौंसम्मको आफ्नो अन्तिम उडान भरेका छन्।

उनले आफ्नो कार्यकाल अवधिमा निगममा २३,००० घण्टाको उडान गरिसकेका छन्। नेपालको उड्डयन क्षेत्रमा आफूले उल्लेखनीय योगदान गरेर अवकाश प्राप्त गर्न लागेकोमा उत्साहित भएको उनले बताएका छन्।

मलेसियाकाठमाडौं उडान पश्चात निगमका कर्मचारी तथा को पाइल सहितको टिमले उनलाई केक काटेर विदाइ तथा सम्मान गरेका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *