कविता : प्रिय बालक 

प्रकाशचन्द्र खतिवडा
२४ साउन २०८२ ७:१०
36
Shares
बालक
तिमी हाम्रो भविष्य हौ
दुःख सुखमा साथ दिने
तिमी देशको कार्णाधार हौ
देशको सीमा रेखा बचाउने
तिमी वर्तमान टेकेर
टुकु टुकु हिड्ने धावक हौ
तिमीले दौड जित्नै छ
सामरिक महत्वको किल्ला पुग्नलाई
म मूलबाटो खन्दै जान्छु पहाडहरुमा
टेक्दै जान्छु
तोक्मा कष्टले उकालीहरुमा
तिमी पछ्याउँदै आउ मलाई
गोरेटो हुँदै मूलबाटोहरुमा।
म शिक्षक हुँ
घडीको टिक टिक आवाजसँगै
तिमीलाई शिक्षा दिक्षा दिने
म आफूलाई तिमीमा हराएको पाउँछु
र गर्व साथ भन्छु
मेरो प्रिय बालक
मैले सृजेको छु
शब्द शब्द तिमीमा
तिमीले सृजनाको फूलबारी गोड्नु पर्छ
तिमी खम्बा हौ देशको
म जग खन्दै जान्छु
तिमी जग पुर्दै पुर्दै आउ।
अहो , म सपनामा पनि हाँस्छु
कसरी सिकाइ माग्छन्
क ख लेख्न श्रवणकुमारहरु
कसरी पढिरहेछन्
ए.वी.सी.डी दुखनाहरु
सुन्यौ बालक
कसरी पढ्नु पर्छ अक्षरहरु ?
दुखनासँग सिक्ने गर्नु।
पहाडमा गुराँस भएर फूल्नु पर्छ
तराईमा धान भएर झूल्नु पर्छ
तुषारो किन नपरोस
तिमीले नाङ्गगे चउरमा
दुवो भएर उम्रनु पर्छ
रुखहरु मरि सके भन्छन्
तिमीले नयाँ विरुवा रोप्नु पर्छ
पुरुषार्थ नगरी हुन्न बालक
जोत्नु पर्छ वुद्धिका हलोहरु
समाउ कलम
लेख्नु पर्छ एक, दुई, तीन र चारहरु।
घडीले दश बजाई सक्दा पनि
तिमी चुपचाप बस्छौ किन ?
आउ, प्रिय बालक
हिहड, स्कुल लागि सक्यो
समय आउँछ जान्छ
पर्खदैन एक तमाशले जान्छ
हेर टक्क अडिएर
माथि आकाश तिर हेर
कसरी रात पर्न सक्यो होला ?
उज्यालो हुन लाई
कसरी रकेट पुग्यो होला?
चन्द्रमा तिर सोच्नु पर्छ
मेरो प्रिय बालक
तिमी सुन्दै आउ
म भन्दै जान्छु
तिमी अणु परमाणु हौ
तिमी विज्ञानको पनि ज्ञान हौ
तिमी ज्ञाता अध्येता हौ
तिमीले अब चन्द्रलोक तिर
पाइला उठाउनु पर्छ।
  सुन्दरहरैंचा-०६, दुलारी मोरङ

No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *