नेपाल पर्वतारोहण संघको अध्यक्षमा उम्मेदवारी घोषणा गर्दै कुलबहादुर गुरुङ

डिसी नेपाल
२९ साउन २०८२ १२:४६
244
Shares

काठमाडौं । नेपाल पर्वतारोहण संघमा कुलबहादुर गुरुङले अध्यक्षमा उम्मेदवारी घोषणा गर्ने भएका छन्।

उनले बिहीबार दिउँसो १ बजे ठमेलस्थित यात्री सुइट्स होटलमा पत्रकार सम्मेलन गर्दै टिमसहित उम्मेदवारी घोषणा गर्ने जनाएका हुन्।

‘नेपालको पर्यटन क्षेत्रमा पर्वतारोहणको ठूलो भूमिका छ। त्यसैले यस क्षेत्रलाई थप उचाइमा पुर्‍याउन मैले अध्यक्षमा उम्मेदवारी दिँदै छु। सबैको सहयोग पाउने अपेक्षा लिएको छु,’ उनले भने।

गुरुङको टिमबाट वरिष्ठ उपाध्यक्षमा टिकाराम गुरुङ, प्रथम उपाध्यक्षमा मिङ्मा ग्याबु शेर्पा, द्वितीय उपाध्यक्षमा धनबहादुर गुरुङ र महासचिवमा बिमल कुमार नहर्कीले चुनावी प्रतिस्पर्धा गर्ने भएका छन्।

सचिवमा ङीमा डिकी शेर्पा, कोषाध्यक्षमा सुमी लामा र सदस्यहरूमा पुष्कर शाह, बलबहादुर सुयाल, हरि गोपाल प्रधान, माधवप्रसाद पाण्डे, दिकी शेर्पा, गीता राई, सुदास लामा, लालबहादुर जिरेल, नुर्बु छिरिङ शेर्पा लामा, पासाङ शेर्पा प्रत्यासी रहेका छन्। संघको चुनाव आगामी भदौ ७ गते हुने भएको छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *