संयुक्त राष्ट्रसंघको अनुसन्धान आयोगले भन्यो, ‘इजरायलले गाजामा नरसंहार गरेको छ’
काठमाडौं । संयुक्त राष्ट्रसंघको अनुसन्धान आयोगले इजरायलले गाजामा प्यालेस्टिनीहरू विरुद्ध नरसंहार गरेको बताएको छ।
संयुक्त राष्ट्रसंघको एक नयाँ प्रतिवेदनले इजरायलले हमाससँगको युद्ध सुरु भएदेखि नै अन्तर्राष्ट्रिय कानूनले नरसंहार मान्ने पाँचमध्ये चार नरसंहार गरेको बताएको छ।
यसमा समूहका सदस्यहरूलाई मार्ने, उनीहरूलाई गम्भीर शारीरिक र मानसिक क्षति पुर्याउने, समूहलाई नष्ट गर्ने अवस्था सिर्जना गर्ने र जन्म रोक्ने समावेश छन्।
प्रतिवेदनले इजरायली नेताहरूका भनाइ र इजरायली सेनाका कार्यहरूलाई नरसंहारको मनसायको प्रमाणको रूपमा उद्धृत गरेको छ।
इजरायलको विदेश मन्त्रालयले उक्त प्रतिवेदनलाई “भ्रामक र गलत” भन्दै अस्वीकार गरेको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment