कविता : पूर्वाग्रह

शंकरप्रसाद रिजाल
४ असोज २०८२ ७:४७
20
Shares

गर्व छ यो जन्म संसार देख्न पाउने
गर्व छ यो नेपालमा जन्म पाउने
स्वाभिमानी छौं यो देशमा बस्न पाउने
भाग्यमानी छौं कसैको पराधीन नहुने।

गर्व नेपालको गर्छौं अभिमान गरिीन
सानो स्वर्ग छ यो देश प्रकृति पुजीकन
सिता मुखमा नपरोस् साग सिस्नु खाएपनि
रमेका छन् सब नेपाली झोपडीमा बसेपनि।

दास नेपालमा कुनै छैनन् सानो देश भएपनि
गर्वका साथ बसेका छन् नेपालको जहाँपनि
हिमाल बुद्धको देश सीता जनकको घर
शिव पार्वतीको बास अखण्ड छ धरोहर।

गोर्खाली गर्वको देश फिँजिएको सबैतिर
गर्वले हामी नेपाली हाँसेका छौं अघिल्तिर
सेता हिमालको चुच्चो विश्वमा छैन कतैपनि
गर्व छ हामी नेपालीको संसारमा जहाँपनि।

सनातनीले सजिएको हिन्दु धर्म छ यो ठूलो
गर्व छ हामी नेपालीको यसैमा छ सबै कुरो
झुकेन कहिले यो देश झुक्दैन कहिले पनि
निभ्दैन कहिले यो बत्ति जत्ति हावा बहेपनि।

चन्द्र सूर्य ध्वजा बोकी विश्वमा फरफराउने
नेपाल राष्ट्र हो हाम्रो विश्व कीर्ति फिँजाउने
यस्तो पवित्र भूमीमा पूर्वाग्रह कसरी भयो
सबैले कुरा काटी आफू त्यो कसरी बन्यो।

नेता बने ठूला ठालू गरिबी बढ्दै गयो
खाडल गरिवीको पुर्न सबै बिदेसिने भयो
पूर्वाग्रही बने नेता अज्ञानता खुल्दै गयो
जनताको सबै आशा अधुरो हुँदै गयो।

बिचार शून्यका नेता नेपाल बिग्रँदै गयो
अरुको कुरा क्यै नसुनी पूर्वाग्रही बनिीहे
नसोची भावना जनको आफु खुसी गरीरहे
एकलो “मै हुँ” भन्दै पूर्वाग्रही बनी रहे।

त्यो गर्वको धरालार्ई नेताले कुल्चिँदै गए
आफ्नै श्वरथको गाढालाई बंग्याउँदै गए
देश अब कसरी चल्ने हो माथि कसरी जाने हो
गर्वका यी सब कुरालाई कसरी यो जोगाउने हो।

आँखा चिम्ली बसे नेता धनको लोभमा फसी
मृगको खोल त्यो ओढी बाग झैं गर्जिँदै बसी
आपसमा मुख त्यो चाटी रिस मनमा सधैं लिइ
पूवौग्रही बने नेता बिदेसीहरुको भरमा बसी।

हाँसेको छ नेपाल हाँसेका छन् नेताहरु सबै
रोएका छन सबै जनता निदौरो मुखली खुबै

बिशाल गर्वको देश आज रित्तिँदै छ सुस्तरी
रोएका छन् ती बुढाबुढी आँसु खसाली बेसरी

नभो गर्वको जोहो नरह्यो राष्ट्रको छवि
र्वाग्रही बने नेता पानीको डाडुमा डुबी।

छोड पूर्वाग्रहीको भाव मनमा सुभासको रस
त्याग अज्ञानताको भाव घमण्ड मनको रिस
कसैकोपनि देखिन्न एकैनास समुन्नती
अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति
अरुको के कुरा हेर सन्ध्यामा सूर्यको गति।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *