डुङ्गेश्वरका लेखा अधिकृत कार्की एक लाख घुससहित नियन्त्रणमा
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले दैलेखको डुङ्गेश्वर गाउँपालिकाका लेखा अधिकृत टंकबहादुर कार्कीलाई एक लाख घुस रकमसहित नियन्त्रणमा लिएको छ।
कार्कीले डुङ्गेश्वर गाउँपालिकाको सडक स्तरोन्नति तथा निर्माण सम्पन्नपश्चात अन्तिम बिल भुक्तानी गर्ने क्रममा सेवाग्राहीसँग घुसररिसवतबापत रु एक लाख माग गरेको भन्ने सूचना एवं उजुरीका आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, टङ्गाल र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतबाट खटिएको संयुक्त टोलीले नियन्त्रणमा लिएको आयोगका प्रवक्ता राजेन्द्रकुमार पौडेलले जानकारी दिए।
उनका अनुसार निजले सेवाग्राहीसँग रु एक लाख घुसररिसवत लिइसकेको अवस्थामा उक्त रकमसहित सुर्खेत वीरेन्द्रनगर नगरपालिका–९ मंगलगडी चोकबाट नियन्त्रणमा लिइएको हो। उक्त विषयमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment