नेपालमा यात्रा गर्दा सतर्क रहन भारतद्वारा आफ्ना नागरिकलाई आग्रह
काठमाडौं । नेपालस्थित भारतीय दूतावासले शुक्रबार नेपाल भ्रमण गर्ने भारतीय नागरिकका लागि यात्रा परामर्श जारी गरेको छ। दूतावासले पछिल्लो एक सातामा नेपालको अवस्था निकै सुधार भए पनि यात्रुहरूले सतर्क रहन र दूतावास वा स्थानीय निकायले जारी गर्ने निर्देशनहरू पालना गर्नुपर्ने आग्रह गरेको छ।
दूतावासले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “नेपालको अवस्था पछिल्लो हप्तामा निकै सुधार भएको छ। सडक यातायात र हवाई सेवा नियमित रूपमा सञ्चालन भइरहेका छन्।” साथै, यात्रुहरूले सतर्कता अपनाउन र दूतावास वा स्थानीय प्राधिकरणले जारी गर्ने सल्लाहअनुसार चल्नुपर्ने उल्लेख गरिएको छ।
दूतावासले नेपाली भूमिमा रहेका भारतीय नागरिकलाई सहयोगका लागि सम्पर्क गर्न सकिने हेल्पलाइन नम्बर पनि सार्वजनिक गरेको छ। भारतिय नागरिकहरूले +९७७–९८०८६०२८८१, स्थायी आपतकालीन नम्बर +९७७–९८५१३१६८०७ मा सम्पर्क गर्न सक्ने उल्लेख गरिएको छ।
हिंसामा प्रधानमन्त्री कार्यालय, गृहमन्त्रालय र संघीय संसद् सचिवालयभित्र रहेका सवारीसाधनमा ठूलो क्षति पुगेको छ। अन्तरिम सरकारकी नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन मिति घोषणा गरेसँगै सामान्य जीवनयापन फिर्ता हुन थालेको छ।
एएनआई
No ads found for this position


डिसी नेपाल
Facebook Comment