जङ्गली हात्ती मृत फेला

डिसी नेपाल
४ असोज २०८२ ११:४५
24
Shares

झापा । यहाँको मेचीनगर नगरपालिका–१ देवीगञ्जमा एउटा जङ्गली हात्ती मृत फेला परेको छ। आज बिहान स्थानीयले धान खेतमा हात्ती मृतावस्थामा भेटाएका हुन्।

मृत हात्ती वयस्क पोथी भएको र पोस्टमार्टमको तयारी भइरहेको डिभिजन वन कार्यालय झापाका प्रमुख भरतबाबु श्रेष्ठले बताए। घटनास्थलमा वन कार्यालयको टोली पुगिसकेको छ।

वन्यजन्तु संरक्षण अभियन्ता शंकर लुइँटेलले मृत हात्ती २२ वर्ष जति उमेरको भएको बताए। ‘हिजो बेलुका सो क्षेत्रमा भारतबाट १२ वटा हात्ती प्रवेश गरेको सूचना प्राप्त भएको थियो,’ उनले भने, ‘बिहान त एउटा हात्ती मरेको खबर आयो।’

के कारणले हात्ती मर्‍यो भन्ने थाहा नभएकाले पोस्टमार्टमपछि मृत्युको कारण खुल्ने प्रमुख श्रेष्ठको भनाइ छ।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *