हमासले सार्वजनिक गर्‍यो ४८ बन्धकहरूको तस्बिर, नेपालका बिपिन जोशी पनि समावेश

डिसी नेपाल
४ असोज २०८२ २१:२४
876
Shares

काठमाडौं। हमासले गाजामा रहेका इजरायली बन्धकहरूको ‘बिदाइ तस्बिर’भन्दै ४८ जनाको तस्बिर सार्वजनिक गरेको छ।

नेपालका बिपिन जोशी समेत समावेश भएको उक्त तस्बिर सार्वजनिक गरिए पनि उनीहरूको अवस्थाबारे भने केही खुलाइएको छैन। सार्वजनिक भएको तस्बिरमा कति जीवित र कति मृत भन्ने कुनै जानकारी दिइएको छैन्।

इजरायली अधिकारीहरूले गाजामा अझै करिब २० जना बन्दीहरू जीवितै रहेको आशंका गरेपनि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले २० भन्दा कम मात्र जीवित हुन सक्ने बताएका छन्।

इजरायलले गाजा क्षेत्रलाई कब्जा गर्ने र ध्वस्त पार्ने काम जारी राख्दा बन्धकहरूको तस्बिर सार्वजनिक भएको हो।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *