कविता : आन्दोलन
नेपाली आकासमा आन्दोलन भइरहेछन्
सारा युवाहरु सडकमा निस्किइ रहेछन्
भ्रष्टाचारको बिरोधी नारा गुन्जिइ रहेछन्
आमुल परिबर्तनको बाटो खोजी रहेछन्।
अराजकता, अनैतिकता निरंकुुश बढ्दै रहेछ
युवाहरु सडकमा आक्रोश पोखी रहेछन्
अत्याचारको सीमा नाघी रहेछ
देश ठूलो संकटमा परिरहेछ।
गोली बारुदका बर्षा भइ रहेछ
प्रहरी आन्दोलन छाडी भागी रहेछन्
आन्दोलनकारीहरु अगाडि बढी रहेछन्
आन्दोलनको नारा घन्किइ रहेछन्।
के भयो देशमा सुनसान सब देखिने
जताततै जलेका महलमात्र भेटिने
जलेका नोटमा हेरी नेताको मुख देखिने
महँगा रक्सी भित्र राष्ट्रको ढुकुटी भेटिने।
आन्दोलन गरी हिँड्छन् घरी घरि सडकमा
मरे आन्दोलनकारी मर्छन् हाम्रो त्यो सडकमा
कुनै नेतापनि मर्दैनन जस्तै आन्दोलन भएपनि
नेताको आचरण फेरिन्न कस्तै आन्दोलन भएपनि।
भ्रष्टाचार बढ्यो आन्दोलन अब एक भो
आन्दोलन नै गरी बस्ने जनताको बानी भो
चाहिन्न अब आन्दोलन देश खोक्रो भइसक्यो
देशको समृद्धि सबै आन्दोलनमा गुमीसक्यो।
मुहार फेरिएलाकी भनी आन्दोलन गरिरहेछन्
पुरानै नेताहरुको मुख ताकी बसिरहेछन्
होसियार नव उर्जा अब चम्किँदै अघि बढ्दैछ
नयाँ युबाको सोचले भविष्यलाई चम्काउनेछ।
नगरौं अब आन्दोलन जनता दिक्क बनी सके
तमाशा कति हेर्ने हो सबै आजित भई सके
त्रसित मनले बन्दैनन् केही र कोहीपनि
आशा र उमंग जन्मेर मर्दछन् जुनैपनि।
नगरौं अब आन्दोलन देश धेरै बिग्रिसक्यो
अस्ताचलमा सब थोक पुगी सक्यो
भ्रष्टाचार नगरौं इम्मान्दारी बनौ सधैं
देशको माटो समाती देशको रक्षा गरौँ सधैं।
No ads found for this position


Facebook Comment