जनकपुरधाममा हिन्दूवादीहरुको विरोध

डिसी नेपाल
२१ असोज २०८२ १७:५८
108
Shares

जनकपुर। जनकपुरधाममा विभिन्न हिन्दूवादी संगठनका युवा तथा सदस्यहरुले विरोध प्रदर्शन गरेका छन्।

मंगलबार उनीहरुले धनुषाका एसपी मुर्दावाद, हिन्दुलाई रिहा गर, जय श्रीराम लगायतका नारा लगाउँदै मोटरसाईकलमा नगर परिक्रमा गरेका छन्।

केही दिन अघि जनकपुरधाम उपमहानगरपालिका २० रुपेठामा दुर्गा माताको मुर्ती विसर्जन गर्ने क्रममा हिन्दू र मुस्लिम समुदायबीच विवाद भएको थियो।

विवादको क्रममा मुस्लिम समूदायले सीसाको बोतल, ढुंगा, ईँटालगायत हिन्दू समुदायमाथी प्रहार गरेका थिए।

हिन्दू समुदायले विवादित तेलीया पोखरीको छेउमा मुस्लिम समूदायले निर्माण गरेको टहरा जलाएका थिए। त्यसपछि विवाद झन चर्किएको थियो।

धनुषा प्रहरीले अवस्था नियन्त्रणमा लिन आश्रुँ ग्यास प्रहार गरेको थियो भने केही स्थानीय युवाहरुलाई हिरासतमा लिएको थियो। सोही हिरासतमा रहेका युवाहरुलाई रिहा गर्न माग गर्दै आज विरोध र्याली निकालिएको हो।

हिन्दूवादी संगठनका युवाहरुले पक्राउ परेकाहरुलाई आज नछाडे भोली चक्का जाम, टायर बालेर प्रदर्शनदेखि बजार बन्द सम्म गराउने चेतावनी दिएका छन्।


No ads found for this position

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *