क्षतिग्रस्त कार्यालय मर्मतमा प्रदेश सरकारले सहयोग गर्छ : मुख्यमन्त्री पाण्डे
दमौली (तनहुँ) । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले क्षतिग्रस्त सरकारी कार्यालय मर्मतमा प्रदेश सरकारले सहयोग गर्ने बताएका छउनुभएको छ।
जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते तोडफोड र आगजनी भएका तनहुँका कार्यालयको आज निरीक्षणपश्चात् मुख्यमन्त्री पाण्डेले कार्यालयको मर्मत र पुनर्निर्माणमा प्रदेश सरकारले सबैसँग सहकार्य र समन्वय गर्ने बताए।
मुख्यमन्त्री पाण्डेले कार्यालयको हालको सेवा प्रवाहको अवस्था, नागरिकले भोग्नुपरेका सास्ती, सेवा प्रवाहमा भएका समस्यालगायत बारेमा सम्बन्धित कार्यालयका प्रमुखसँग छलफल गरेका थिए।
मुख्यमन्त्री पाण्डेले जिल्ला प्रशासन कार्यालय तनहुँ, जिल्ला अदालत तनहुँ, जिल्ला समन्वय समिति, सरकारी वकिलको कार्यालय, डिभिजन वन कार्यालय, व्यास नगरपालिकाको निरीक्षण गरेका थिए।
प्रमुख जिल्ला अधिकारी रामकृष्ण अधिकारीले कठिन परिस्थितिका बाबजुद पनि कार्यालयले सेवा प्रवाह सुरु गरेको जानकारी गराए।
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment