डा.संगीतामाथि भ्रष्टाचारको मुद्दा लाग्दै
काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सरकारी अस्पतालका लागि विभिन्न उपकरण खरिद गर्दा भ्रष्टाचार गरेको आरोपमा डा.संगीता भण्डारीमाथि मुद्दा दायर गर्ने भएको छ ।
अख्तियारको एक उच्च स्रोतका अनुसार, डा.भण्डारी दुईवटा स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपति भइसकेकी छिन्। पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानकी उनी उपकुलपति भएकी थिइन्।
अनुसन्धानका सबै प्रक्रिया पूरा भई मुद्दा चलाउने निर्णय पनि भइसकेको र अब सामान्य प्राविधिक कुरा मिलाएर मुद्दा दायर हुने बताइएको छ।
उनलाई कति विगोको मुद्दा लाग्दै छ भन्नेबारे स्रोतले बताउन चाहेन तर चाँडै नै विशेष अदालतमा दायर गर्ने तयार भएको भने स्रोतले बतायो। उनीसँग अरु को को तानिने हुन् भन्नेबारे यकिन हुन सकेको छैन।
No ads found for this position

डिसी नेपाल
Facebook Comment