देशका छुट्टाछुट्टै स्थानमा ६ जना मृत फेला
काठमाडौं । देशका विभिन्न स्थानमा ६ जना मृत फेला परेका छन्।
रूपन्देहीको बुटवल उपमहानगरपालिका-११ हात्तीसुड डेरा गरी बस्ने हाल वतन नखुलेकी २८ वर्षीया प्रिती भण्डारी आफ्नै कोठामा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
बर्दियाको मधुवन नगरपालिका-१ तडुवा बस्ने ६० वर्षीया क्याउली थारू सोही ठाउँस्थित नहरमा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
नवलपरासीपूर्वको बिनयी त्रिवेणी गाउँपालिका-७ त्रिवेणी ब्यारेजपुलस्थित प्रतिक्षालयमा भारत पश्चिम चम्पारण बल्मिकीनगर बस्ने ५० वर्षीय अनुपम केडिया बिहीबार मृत अवस्थामा फेला परेका छन्।
बाँकेको बैजनाथ गाउँपालिका-६ बस्ने ७० वर्षीया पुट्की बुढा सोही गाउँपालिका-६ गडरहीस्थित तलाउमा बिहीबार मृत अवस्थामा फेला परेकी छन्।
सिन्धुलीको दुधौली नगरपालिका-१० कर्था बस्ने ५१ वर्षीय लिल बहादुर सार्की सोही नगरपालिका-१० स्थित कमला खोलाको दहमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
ताप्लेजुङको सिदिङ्वा गाउँपालिका-२ सादेवा सिब्रेक बस्ने ७० वर्षीय नर बहादुर दाहाल सोही ठाउँस्थित कोदो बारीमा बिहीबार मृत अवस्थामा फेला परेका छन्।
प्रहरीले सबै घटनाका सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।
No ads found for this position


डिसी नेपाल
Facebook Comment