आखेटोपहारसहित दुई जना पक्राउ
काठमाडौं। तारकेश्वर नगरपालिका-८ शिव मन्दिर चोकबाट संरक्षित वन्यजन्तु सालकको खपटा जस्तो देखिने आखेटोपहार र सालकको छालासहित दुई जना पक्राउ परेका छन्।
केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको प्रहरी टोलीले करिब दुई किलोको उक्त आखेटोपहार लिएर हिँडिरहेको अवस्थामा आज नुवाकोटको ककनी गाउँपालिका-३ का २१ वर्षीय लिजोङ तामाङ र बेलकोटगढी नगरपालिका-१ का ३९ वर्षीय श्याम ढुङ्गानालाई पक्राउ गरेको हो।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तीसार पठाइएको प्रहरीले जनाएको छ।
No ads found for this position
प्रतिक्रिया


डिसी नेपाल
Facebook Comment